नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनका लागि क्रियाशिल सदस्यता फारम नै सवै जिल्लामा नपठाइकन क्रियाशिल सदस्यता सम्बन्धी सम्पुर्ण विवरण केन्द्रमा पठाउन सर्कुलर जारी गरेको छ । पार्टी केन्द्रीय कार्यालयले मंसिर २ मा क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सम्पूर्ण विवरण मंसिर मसान्त सम्म पठाउन सर्कुलर सवै जिल्लालाई पठाएको छ ।
तर अहिलेसम्म पनि तीन जिल्लामा संगठन समायोजनको काम नसकिएकाले र एक जिल्लामा समायोजन सकिएपनि क्रियाशिल सदस्यता फारम पठाएको छैन् । तर केन्द्रीय कार्यालय क्रियाशील सदस्यता (नयाँ र नवीकरण) को सम्पूर्ण विवरण मंसिर मसान्त भित्र पठाउन सर्कुलर भने यी जिल्लालाई पनि पठाएको छ ।
अहिलेसम्म बारा, सप्तरी, सिन्धुपाल्चोक र सोलुखुम्बुमा क्रियाशिल सदस्यता फारम पठाइएको छैन् । यी मध्ये बारा, सप्तरी, सिन्धुपाल्चोक संविधान अनुसारको संगठन समायोजनको काम सकिएको छैन् । संगठन समायोजनको काम सकेर मात्र क्रियाशील सदस्यता फारम पठाउने केन्द्रीय समितिले निर्णय गरिसकेको छ ।
त्यसैगरि संगठन समायोजनको काम सकिएपनि सोलुखुम्बुमा क्रियाशिल सदस्यता फारम पठाइएको छैन् । कांग्रेसले संगठन समायोजनको फाइनल गर्ने जिम्मेबारी पार्टीले १४ औं महाधिवेशनका लागि गठन गरेको राधेश्याम अधिकारी नेतृत्वको निर्वाचन समितिलाई दिएको छ ।
क्रियाशिल सदस्यता फारम भने सभापतिको निर्देशनमा केन्द्रीय कार्यालयका मुख्यसचिवले पठाउने प्रचलन छ । सोलुखुम्बुमा सभपाति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधीको निर्देशनमा क्रियाशिल सदस्यता फारम नपठाइएको सोलु कांग्रेसको आरोप छ ।
सर्कुलरमा केन्द्रीय समितिको निर्णय अनुसार मंसिर मसान्तसम्म क्रियाशील सदस्यतासम्बन्धी सम्पूर्ण विवरण नविकरण र वितरणसम्बन्धी विवरण मंसिर मसान्तसम्म पार्टीको विधान, नियमावली बमोजिमको आवश्यक कागजात र तोकिए बमोजिमको सदस्यता शुल्कसहित अनिर्वाय केन्द्रमा पठाइसक्न भनिएको छ । यो निर्णय कांग्रेसको गत कात्तिक २८ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले गरेको हो । सोहि बमोजिक केन्द्रीय कार्यालयले सर्कुलर जारी गरेको हो ।