काँस तथा अल्लोका समान डिजाइन तालिम सम्पन्न

गणेश वली दाङ ३ असोज । पाँच दिने ढकिया वुनाई, सीप परिमार्जन तथा डिजाइन सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सोमवार घोराहीमा सम्पन्न भएको छ ।
जनउत्थान समाज विकास केन्द्र घोराही दाङद्धारा सञ्चालित द्धन्द्ध प्रभावितका लागि बजार निर्माण परियोजना अन्तर्गत गठन भएका समूहका अगुवाहरुलाई सो तालिम दिइएको थियो ।
परम्परादेखि ढकिया बुनाई गरिरहेका चौधरी समुदायका महिलाहरुलाई बजारको माग अनुसार विभिन्न डिजाईनका ढकिया, ल्याम्प सेट, ट्र, झोला, वास्केट जस्ता समानहरु उत्पादन गर्न सो तालिम आयोजना गरिएको थियो ।
गरिवी निवारण कोषको सहयोग प्राप्त गरेका थारु महिलाहरुले यस भन्दा अगाडि पनि सीप परिमार्जन सम्बन्धि विभिन्न तालिम लिइएका थिए भने यस पटक उनीहरु मध्येवाट उत्कृष्टलाई छानेर प्रशिक्षक प्रशिक्षण तालिम दिइएको थियो ।
पछिल्लो समय पलास्टिकका समानहरुको प्रयोगले वातावरणमा असर गरिरहेको गुनासो आएका वेला खोलाको बगरमा पाइने काँस र मुज जस्ता कच्चा पदार्थ प्रयोग गरि विभिन्न डिजाईनका आकर्षक र सस्ता समान उत्पादन गर्न गरिवी निवारण कोषले जनउत्थान समाज विकास केन्द्र मार्फत समूह गठन गरि अनुदानमा रकम दिनुका साथै बजारको माग अनुसार समान उत्पादन गर्ने तालिम पनि दिइरहेको छ ।
तालिमको समापन अवसरमा वोल्दै प्रमुख अतिथि स्थानीय विकास अधिकारी कुलबहादुर जिसीले घरेलु काममा सिमित रहेका तर हातमा सीप भएका महिलाहरुलाई संगठित गरि गरिवी न्यूनिकरण गर्न सरकारले विभिन्न कर्याक्रम ल्याइरहेको बताउनुभयो । यो कार्यक्रमवाट उनीहरुको सीप अभिवृद्धि हुनुका साथै आयआर्जनमा पनि सहयोग पुग्ने उहाँको भनाई थियो ।
गरिवी निवारण कोषका कार्यप्रबन्धक पुष्पलता घर्तिको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक गणेश ओलीले गर्नुभएको थियो ।
यसैगरी गरिवी निवारण कोषकै सहयोगमा १५ दिनु अल्लोका कपडा डिजाइन तालिम पनि सोमवार नै सम्पन्न भएको छ । अल्लोका कपडा उत्पादन गरिरहेका घोराहीका विभिन्न ६ वटा समूहका अगुवाहरुलाई विभिन्न डिजाइनका समान उत्पादन सम्बन्धि तालिम दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस