देशको विकासका लागि नेकपा अनिवार्य शक्ति भएको दाबी नेकपाका केन्द्रीय सदस्य एंव बाँके क्षेत्र नं १ का साँसद महेश्वर गहतराज अथक

नेपालगन्ज  मंसिर १० । नेकपाका केन्द्रीय सदस्य एंव बाँके क्षेत्र नं १ का साँसद महेश्वर गहतराज अथकले देशको विकासका लागि नेकपा अनिवार्य शक्ति भएको दाबी गदै नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिकल्प शक्ति नेपालमा नरहेको बताएका छन । नेकपा डुडुवा गाँउपालिकामा अयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रबेश कार्यक्रममा अथकले सो कुरा बताएका हुन ।
उन जनताको चहाना अनुसार काम गर्ने गरि नेकपा थप एकताबद्ध हुने दाबि अथकले गरे ।कार्यक्रममा लुम्बिनी प्रदेशका भूमी ब्यवस्था,कृषि, सहकारी मन्त्री आरती पौडेल    केन्द्रीय सदस्यहरु मोहम्मद हारुन, सिराज फारुकी, हज कमिटीका पुर्व अध्यक्ष ताज मिया,  नेकपा बाँकेका सचिव अशोक कोइराला, नेताहरु निरक गुरुङ, लगायतले एकतावद्ध नेकपा नै जनताको चाहना भएको बताए ।

नेकपा डुडुवा गाउँपालिका कमिटीका अध्यक्ष शकील अहमद खानको अध्यक्षतामा भएको कार्यक्रममा जसपा, राप्रपा र नेपाली काँग्रेस परित्याग गरि ४सय ५० जना नेकपामा प्रवेश गरेका छन् । विनय त्रिपाठी, कयुम खाँ, सफिउल्ला बागवान, गरिबे खान, अनबर खाँ लगायत विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेको थिए ।

प्रतिक्रिया दिनुहोस