दुर्घटना अपडेट त्रिशूलीमा बेपत्ता तीनमध्ये दुईको शव फेला

चितवन : इच्छाकामना गाउँपालिका-४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप भ्‍यान खसेर बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशूलीमा खसेको थियो ।

सोही भ्यानमा सवार प्युठानको झिम्रुक गाउँपालिका-१ का २३ वर्षीय सूर्य केसी र ३३ वर्षीया जमुना रोक्काको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । उनका अनुसार उनीहरुको शव भ्यानभित्र भेटिएको हो ।

 

 

 

प्रतिक्रिया दिनुहोस