नेपालगन्ज मंसिर १२ । नेपाल लोकतान्त्रिक खेलकुद संघ र नेपाली काँग्रेस खेलकुद विभागद्वारा आयोजित खुल्ला रक्तदान कार्यक्रम गरेकाे छ । रक्तदान कार्यक्रमलाई उद्घाटन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एव नेपाली काँग्रेस खेलकुद विभाग प्रमुख मोहन बस्नेतले खेलकुद क्षेत्रले देशको नाम संसारमा उँचो राख्ने भएकाले खेलकुदमा लागेका युवाहरुलाई सरकारले उचित ब्यवस्थापन गर्नुपर्ने बताए
केन्द्रिय सदस्य बस्नेतले विषम परिस्थितिमा सरकारले जनताको स्वास्थ्यको सुरक्षा गर्न नसकेकाले प्रतिपक्ष दल जिम्मेवारीका साथ जनताको सेवाम खटिएको बताउँदै मानव सेवाका रुपमा मानिने रक्तदान कार्यक्रम देशभरी आयोजना गरिएको बताउनुभयो ।
रक्तदान कार्यक्रममा नेपाली काँग्रेस बाँके सभापति किरण कोईरालाले सरकार खेलकुद क्षेत्रप्रति अनुदार रहेको भन्दै खेलकुदमा लाग्ने युवाहरुमा निरासा बेढेको बताउनुभयो । क्षेत्र नं. २ का सभापति रमेश कुमार गुप्ताले शुभकामना मनतब्य दिनुभएको छ । कार्यक्रममा देशभरीमा सर्वाधिक १५६ पटक रक्तदान गर्ने गोपीनाथ बैश्यलाई सम्मान गरिएको थियो । कार्यक्रमको अध्यक्षता संघकी केन्द्रिय सदस्य शान्ति सिंहले गर्नुभएको थियो कार्यक्रममा देशभरीमा सर्वाधिक १५६ पटक रक्तदान गर्ने गोपीनाथ बैश्यलाई सम्मान गरिएको थियो ।