बाँकेका सिडीयो कुरुम्वांङ र नेपालगन्जका उपमेयर थापाद्धारा प्लाज्मा दान गरेन

नेपालगन्ज, मंसिर १२ गते ।  बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमवाङ र नेपालगन्ज उपमहानगरका उपमेयर उमाथापामगरले शुक्रवार प्लाज्मा दान गर्नु भएको छ ।
यसअघि संक्रमितको उपचार, पीसीआर परीक्षण, आइसोलेसन वार्डको निर्माणदेखि शव व्यवस्थापनमा समेत आफै प्रत्यक्ष संलग्न रहँदै आउनु भएका बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुमवाङ   र  नेपालगन्ज उपमहानगरका उपमेयर उमाथापामगरले   शुुुुक्रबार  संक्रमित  लागि प्लाज्मा आवश्यक परेपछि प्लाज्मा दान  गरेेेका  छन।
कोभिड १९ विरुद्धको अभियानमा खटिंदा संक्रमित समेत हुनु भएर निको हुनुभएका प्रजिअ कुरुमवाङ र उपमेयर थापाले एण्टिबडी परीक्षण गराउँदा उहाँको शरिरमा एण्टिबडी तयार भैसकेको रिपोर्ट आएकोले उहाँले प्लाज्मा दान गर्नुभएको रक्त सञ्चार केन्द्रले जनाएको छ ।

जिल्लाको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसन वार्डमा उपचार गराईरहनु भएका ८७ जना मध्ये ३९ जनाको अवस्था निकै जटिल र गम्भीर बिरामीहरूलाई  प्लाज्मा  आवश्यक  परेकाे छ।

प्रतिक्रिया दिनुहोस