Skip

बामदेवको ईश्वर पोखरेललाई प्रस्तावः ओली दुवै पदबाट हट्नुपर्छ

- मार्गरेखा संवाददाता

प्रकाशित मिति : ३ महिना अगाडि
बामदेवको ईश्वर पोखरेललाई प्रस्तावः ओली दुवै पदबाट हट्नुपर्छ

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षं एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट उपाध्यक्ष बामदेव गौतमले ओलीलाई दुवै पदबाट हटाउन चाहेको बताएका छन्।

शुक्रबार साँझ गौतमलाई भेट्न भैँसेपाटी पुगेका उपप्रधानमन्त्री तथा ओली निकट सचिवालय सदस्य ईश्वर पोखरेललाई गौतमले त्यस्तो जवाफ दिएको स्रोत बताउँछ।

स्रोतका अनुसार नेता पोखरेलले गौतमलाई प्रधानमन्त्री ओलीलाई साथ दिन आग्रह गरेका थिए।

तर गौतमले पोखरेलको आग्रह अस्वीकार गरी आफूहरुले ओलीलाई दुवै पदबाट हटाउन चाहेको र त्यो मात्रै पार्टी एकताको अन्तिम विकल्प भएको स्रोत बताउँछ।

‘हामीले ओलीलाई धेरै पटक मौका दिएको हो। ओलीबाट हामी अपमानित मात्रै भयौँ। अब ओलीले दुवै पदबाट राजीनामा दिनुपर्छ’ गौतमको भनाई उद्धृत गर्दै स्रोतले भन्यो। यस्तै गौतमले नेता पोखरेललाई पनि पार्टी एकताका लागि आफ्नो समूहमा आउन आग्रहसमेत गरेका थिए।

ओलीसँग असन्तुष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को समर्थनमा गौतम उत्रिएपछि ओली हाल सचिवालयमा अल्मतमा परेका छन्।

९ सदस्यीय सचिवालयमा हाल ओलीविरुद्ध पाँच नेता उभिएका छन्। सचिवालयको आज बैठक बस्दै छ। बैठकमा ओलीले प्रचण्डलाई जवाफ दिन तयार पारेको प्रस्ताव पेश गर्दैछन्। देशसंचारबाट

प्रतिक्रिया दिनुहोस

Nabintech
  • बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले भैँसी चराउन गएका एक पुरुषलाई झम्टेर लग्याे

    साेमबार मात्रै बर्दिया राष्ट्रिय निकुञ्जमा बाघले भैँसी चराउन गएका एक पुरुषलाई झम्टेर लगेको छ । बर्दिया राजापुर नगरपालिका १० का वृद्धलाई बर्दिया राष्ट्रिय...

    ग्रामिण भेगका व्यवसायीहरुका समस्या समाधान गर्दछौं : लोकतान्त्रिक समूह

    कोहलपुर उद्योग वाणिज्य संघको फागुन २२ गते हुने निर्वाचनका लागि नेपाली काँग्रेस समर्थक लोकतान्त्रीक समावेशी व्यवसायी समूहले आफ्नो निवार्चन अभियानलाई...

    प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते दिउँसो ४ बजे बोलाइयो

    गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र...

    विद्रोहका १५ कारण सहित थरुहट-थारुवान राष्ट्रिय मोर्चाद्वारा विद्रोहको घोषणा

    धनगढी – कैलालीको हसुलियामा सम्पन्न थरुहट थारुवाट राष्ट्रिय सम्मेलनले विभिन्न १५ वटा कारणसहित विद्रोहको घोषणा गरेको छ। आइतबार राती सम्पन्न सम्मेलनले...

    वाणिज्य संघ कोहलपुरमा दुई समूहले गरे मनोनयन दर्ता

    कोहलपुर उवासंघको निर्वाचनका लागि उम्मेद्वार दर्ता कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन फागुन २२ गते हुने निर्वाचनका लागि दुई समूहले उम्मेद्वारी दर्ता...

    प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते दिउँसो ४ बजे बोलाइयो

    गत पुस ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै १३ दिनभित्र...

    वाणिज्य संघ कोहलपुरमा दुई समूहले गरे मनोनयन दर्ता

    कोहलपुर उवासंघको निर्वाचनका लागि उम्मेद्वार दर्ता कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन फागुन २२ गते हुने निर्वाचनका लागि दुई समूहले उम्मेद्वारी दर्ता...

    नेकपा विवादको टुंगो लागेपछि मात्र कांग्रेसले निर्णय लिने

    १३ फागुन, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादको अन्तिम टुंगो नलाग्दासम्म कुनै पक्षसँग सहकार्य नगर्ने भएको...

    नेपाली काँग्रेस का सभापति शेर बहादुर देउवाले सर्वोच्चको फैसला स्वागत योग्य

      काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरुद्धमा सर्वोच्च अदालतको फैसलालाई काँग्रेसले स्वागत गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले हाम्रा...

    प्रतिनिधिसभा पुनर्स्थापना : १३ दिनभित्र संसद् बैठक बोलाउन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटन मुद्दामा आज फैसला सुनाएको हो । सर्वोच्चको...

    सुचना विभाग दर्ता नं. ६७८-०७४/७५, प्रेस काउन्सिल दर्ता नं. ४४६-०७४/७५