नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी निर्वाचित भएका छन् ।
काठमाण्डौंमा शनिबार सम्पन्न भएको नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं अधिवेशनबाट अधिकारी जिल्ला नगर तर्फको खुल्ला केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेको अधिकारी कोहलपुर क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा निर्वाचित हुने पहिलो व्यक्ति बनेका छन् ।
शनिबार राती सम्पन्न मतगणना अनुसार अधिकारीले ६७ मत प्राप्त गरी केन्द्रिय सदस्य पदमा निर्वाचित भएका हुन् । उनी महासंघको बरिष्ठ उपाध्यक्षमा निर्वाचित चन्द्र ढकाल समुहबाट चुनावी मैदानमा उत्रिएका थिए ।
बाँकेबाट केन्द्रीय सदस्य पदकालागि ३ जनाले उम्मेदवारी दिएपनि अधिकारी मात्र बिजयी भएका छन । निर्वाचिन प्रचार–प्रसारकै क्रममा पाल्पामा सकड दुर्घटना हुन पुगेका अधिकारीले स्वास्थ्य अवस्थामा विशेष ध्यान दिएर निर्वाचन अभियानलाई जोड दिएका थिए