ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट

काठमाडौँ– सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टलाई अस्वीकार गरेको छ।

केही दिनअघि सार्वजनिक ट्रान्सपरेन्सी इन्टरनेशनको रिपोर्टले नेपालमा एक वर्षको अवधिमा भ्रष्टाचार बढेको सार्वजनिक गरेको थियो। रिपोर्टमा प्रधानमन्त्री आफैँ भ्रष्टहरुको संरक्षणमा उत्रने गरेको रिपोर्टमा उल्लेख छ।

उक्त रिपोर्टलाई आइतबार सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले अस्वीकार गर्ने बताए। उनले सरकारलाई बद्नाम गर्न राजनीतिक पूर्वाग्रहका आधारमा रिपोर्ट तयार पारी प्रचार सामाग्री बनाइएको आरोप लगाए।

उनले भने, ‘ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्टलाई सरकारले अस्वीकार गर्छ। सरकारविरुद्ध भ्रम छर्ने र तथ्यलाई बङ्ग्याएर पर्चा सामाग्री तयार पारिएको छ। यसले जनालाई जनतालाई भड्काउन खोज्यो।’

गुरुङले गत वर्ष सुशासनको मामिलामा उल्लेख्य सुधार गरेको नेपालले एक वर्षकै अवधिभा भ्रष्टाचार बढ्यो र प्रधानमन्त्री संरक्षक भन्नु आपत्तिजनक तथ्यहीन भएको दाबी गरे। रुल अफ लको इन्डेक्समा नेपालमा एसियाकै उत्कृष्ट सूचीमा परेको अवस्थामा ट्रान्सपरेन्सीले गलत रिपोर्ट दिएको उल्लेख गरे।

गुरुङले राजतन्त्रको पक्षमा पछिल्ला दिन देशका मुख्य शहरमा भएको प्रर्दशनलाई ‘पुनःउत्थानवादी र प्रतिक्रियावादी’हरुको चलखेलको संज्ञा दिए। ‘पुनःउत्थानवादी र प्रतिक्रियावादीको चलखेल बढेको बेलामा रिपोर्ट सार्वजनिक गरियो।

सरकारविरुद्ध अभियान चलेका बेला गत जुनमा तयार पारेको रिपोर्ट अहिले सार्वजनिक गर्नु नियोजित हो, प्रवक्ता गुरुङले भने। उनले सरकारको विरोधमा लागेका व्यक्तिहरुलाई छानि छानि सोधेर रिपोट बनाइएको दाबी गरे।

‘जो जो सरकारविरुद्ध लागेका छन्। उनीहरुसँग टेलिफोनबाट सोधियो। सरकारप्रति वितृष्णा जगाउन खोजिएको छ, उनले भने।

प्रतिक्रिया दिनुहोस