नेपालगन्ज मंसिर १४ । नेपालगञ्ज उपमहानगर पालिकामा तीन सय जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस वडा कार्यसमिति नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ ले आज गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी तीन सय जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व मन्त्री हृदयराम थानीले नवप्रवेशीहरुलाई पार्टी सदस्यता प्रदान गरेका थिए। वडा नम्बर १२ का प्रभावशाली युवा नेताहरु समेत राप्रपा परित्याग गरी कांग्रसमा प्रवेश गरेका छन् । राप्रपाका युवा नेता नेत्रजंग शाह, वडा सदस्यका उम्मेदवार सुनिल केसी, दिपेश मल्ल, माओवादी बाट उम्मेद्बार बनेका गौरी परियारसहित तीन सय जना कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशी सबै वडा नम्बर १२ कै हुन् ।
पार्टी प्रबेश कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य एव र्पुवमन्त्री हिदय राम थानीले नेकपा सरकारको गैरजिम्मेवारपन र अकर्मण्यताका कारण नेपाली जनता निराश भइरहेकाले कांग्रेसप्रति उनीहरुको भरोसा बढ्दै गएको बताउनुभयो । केन्द्रीय सदस्य थानीले जनता र मुुलुकका पक्षमा केही गर्न नसकेपछि सर्वत्र सरकारको आलोचना भइरहेको बताउदै अहंकार, दम्भ र कमजोर कार्यसम्पादनले सरकार इतिहासकै सर्वाधिक अलोकप्रिय बनेको टिप्पणी गर्नुभयो ।
नेपाली काँग्रेस बाँके जिल्ला सभापति किरण कोइरालाले ठूलो आशा भरोसा गरेर जनताले नेकपालाई दुई तिहाई बहुमत दिएपनि त्यसको लाज राख्न नसकेर जग हँसाएको बताउनुभयो ।
वडा सभापति रामु चिडिमारको सभापतित्वमा भएको पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, नेपाली कांग्रेस बाँकेका पूर्व सभापति युवराज शर्मा, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, प्रदेशतर्फका क्षेत्रीय सभापति शिवप्रसाद बर्मा, नगर सभापति प्रशान्त विष्ट, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, वडा नम्बर २ का वडा अध्यक्ष सुनिलसिंह हमाल, युवा नेता अमृत आचार्य, कांग्रेस वडा सचिव हरिबाबु घिमिरे लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा कांग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणा, सचिव कपिलदेव शर्मा, प्यूठान कांग्रेसका पूर्व पार्टी सभापति दिवाकर गौतम, कांग्रेस बाँकेका युवा नेता सुधांशु कोइराला लगायतको उपस्थिति थियो ।