नेपालगन्ज मंसिर १५। प्रहरी कार्यालय नेपालगन्जले ५ दिन अघि ४ लाख रुपौयाँ सहित हराएको झोला सम्बन्धित ब्यक्तिलाई फिर्ता दिलाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम रानाले सोमबार विकलाई नगद सहितको झोला बुझाए छन । गत मंसिर १० गते दमराबाट बानियाभार जाने क्रममा बाँकेको बैजनाथ गाँउपालिका ३ की राधिका वि.क. ले पैसासहितको झोला हराएकी थिईन ।
१० गते बेलुका ४ः३० बजे नगद सहितको झोला हराएको भन्दै वडा प्रहरी कार्यालय नेपालगंजमा निदेवन दिएकी वि.क. ले त्यसको पाँच दिन पछि आज (सोमबार) हराएको रुपैयाँ फिर्ता पाएकी हुन । झोला हराएको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक दिल्लि बहादुर खड्को नेतृत्वमा खटिएको प्रहरी टोलीले घटना भएको पाँच दिनपछि नगद रु ४ लाख फेला पारी सम्बन्धित ब्यक्तिलाई फिर्ता गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।