सोमबार मात्र काेराेना संक्रमित  २९ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय नाघेको छ। सोमबार थप २९ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको हो।

यस्तै सोमबार थप १४ सय ७४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार सोमबार १९ सय ३१ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ। यस्तै आज कोरोनाबाट थप २९ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ८ पुगेको छ।

देशभर क्वारेन्टिनमा ५३५ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ४२३ जनाको उपचार भइराखेको छ।

प्रतिक्रिया दिनुहोस