काेहलपुर उघाेग व्यापार संघका अध्यक्ष चक्र अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्य पदमा निर्वाचित भएपछि गृह नगरमा भब्य स्वागत गरिएको छ । अधिकारी बुधबार कोहलपुर फर्किएका हुन । कोहलपुरबाट पहिलो पटक महासंघको केन्द्रिय कमिटिमा चयन भएका अधिकारीलाई स्वागत गर्न कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरु राँझा विमानस्थल पुगेका थिए । विमास्थलबाट कोहलपुरसम्म आउने क्रममा स्थानिय ब्यापारीहरुले अधिकारीलाई भब्य स्वागत गरेका हुन ।
यसैबिच कोहलपुर उद्योग वाणिज्य संघले औपचारीक कार्यक्रम आयोजना गरेरै नवनिर्वाचित केन्द्रिय सदस्य अधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । महासंघको निर्वाचनमा कोहलपुरबाट पहिलो पटक सहभागी हुने अवसर पाएका अधिकारीले पहिलो प्रयासमै जित हासिल गरेका हुन । हालै सम्पन्न निर्वाचनमा बाँकेबाट केन्द्रिय सदस्य पदकालागि ३ जनाको उम्मेदवारी परेपनि केन्द्रिय कमिटिमा विजयी हुने उनि एक्लो सदस्य हुन ।
निर्वाचन प्रचारकै क्रममा अधिकारी गत कात्तिक १७ गम्भीर घाईते समेत भएका थिए ।