तनहुँ घटनाका विषयमा छलफल गर्न  कांग्रेसले बोलायो पदाधिकारी बैठक

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन्।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन्। तनहुँ घटनाका विषयमा छलफल गर्न बैठक डाकिएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बैठक दिउँसो २ बजे सभापति निवास बुढानीलकण्ठमा बस्ने तय भएकाे छ ।

देउवाकाअनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको घटनामा पार्टीको धारणा बनाउन बैठक बोलाइएको हो । उनकाअनुसार बैठकमा समसामयिक राजनीतिक विषयमासमेत छलफल हुनेछ । बुधाबार तनहुँमा पूल उद्घाटनका लागि जाँदै गर्दा वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टापछि छोडेको थियो । बिहीबार पौडेलले सो पुल उद्घाटन गरेका थिए ।

स्रोतकाअनुसार कोभिड नियन्त्रणमा सरकारको उदासिनता र नागरिक अवाजको थलो संसद संचालन गर्ने विषयमा पनि छलफल हुनेछ । साथै विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारी नियुक्तिका विषयमा पनि छलफल हुनेछ । आजको बैठकले केन्द्रीय समिति बैठक बोलाउन सक्ने सम्भावना पनि छ ।

बैठक डाकिएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । बैठक दिउँसो २ बजे सभापति निवास बुढानीलकण्ठमा बस्ने तय भएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस