आज  कोरोना भाइरस  संक्रमणबाट १६ जनाको मृत्यु  

पछिल्लो २४ घण्टामा थप १२ सय ७२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ७५ जना डिस्चार्ज भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ । जसमध्ये २ लाख २१ हजार ८४७ जना डिस्चार्ज भएका छन् । अहिले सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाले मृत्यु हुनेको संख्या नेपालमा १५ सय ६७ पुगेको छ । अहिले देशभर क्वरेन्टिनमा ५३७ जना रहेका छन् । अहिलेसम्म १७ लाख ७१ हजार ९५० जनाको पीसीआर परीक्षण गरिएको छ ।

उपत्यकामा थप ६०६ जनामा कोरोना संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २४७ महिला र ३५९ पुरुष गरी ६०६ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घण्टामा उपत्यकाका ६०६ सहित १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस