नेकपा स्थायी कमिटी प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीबिना बैठक सुरु

काठमाडौं : सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । केही समयअघि सुरु भएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन् ।

धुम्बाराहीमा कडा सुरक्षाघेराबिच बैठक सुरू भएको हो । सहमतिबिना बैठक राखेकव भन्दै ओली सहभाथी नभएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार ओली बालुवाटारमा छलफल व्यस्त रहेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस