नेपालगन्ज साइक्लिङ्ग क्लब बाँकेले लुम्बिनी प्रदेश   स्तरीय साइक्लिङ्ग  प्रतियोगिता  गर्ने

नेपालगन्ज साइक्लिङ्ग क्लब बाँकेले लुम्बिनी प्रदेश  र बाँके जिल्ला  स्तरीय   प्रतियोगिता  गर्ने निणर्य गदै साधारणसभा सम्पन्न गरेकाे छ ।    बाके जिल्ला को राप्तिसोनारी गाउँ पालिका को वडा न ७ मा रहेको कुश्मा सामुदायिक बन मा नेपालगन्ज साइक्लिङ्ग क्लब बाकेकाे चौथो साधारणसभा काे उदघाटन  नेपाल उद्योग बाणिज्य महासंघका निर्बमान केन्द्रीय सदस्य कृष्ण श्रेष्ठले ले गर्नु भएको थियो
साधारणसभामा क्लवका सचिव सुरेन्द्र कार्की ले संगठन र कोषाअध्यक्ष सालिक राम सुवेदी ले आथिक प्रतिबेदन प्रस्तुत गरेकाका थिए ।
शनिबार सम्पन्न क्लब को साधारणसभा क्लब का अध्यक्ष गगन सिह थापाको अध्यक्षता मा सम्पन्न भएको थियो भने उक्त साधारणसभा ले ५ बुदे प्रस्ताव पारित गर्दै साधारणसभा समापन गरिएको जानकारी क्लब का सचीव सुरेन्द्रदिप कार्किले जानकारी दिनुभयो , क्लब ले  ५ बुदे निबुवा टार धाेषण प प्रस्ताव पारित गरेको थियो।
१. नेपालगन्ज को भन्सार देखि राझा एयरपोर्ट प्रवेश द्वार सम्म साइकल लेन निर्माण का लागी नेपालगन्ज उपमहानगर लाई ध्यानाकर्षण गराउने र पहल गर्ने।
२. साइकल मा हिड्ने आम साइकल चालकहरुको हित, सडक दुर्घटना न्यूनीकरण आदि का लागी सरोकारवाला हरु सङ्ग छलफल गर्ने।
३.नेपालगन्ज , कोहलपुर र खजुरा लाई साइकल मैत्री र सफा शहर का रूपमा स्थापित गर्न सम्बन्धित सरोकारवाला निकाय को ध्यानाकर्षण गराउने र पहल प्रयत्न गर्ने।
४.साइकल खेलकुद लाई प्रोत्साहन गर्न बाके जिल्ला का सम्बद्ध निकाय सङ्ग सहकार्य र सहयोग का लागी निरन्तर सक्रिय रहने।
५ . निबुवाटार क्षेत्र , झरना र गाइलेक लाई जिल्ला कै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सम्बन्धित निकाय , स्थानीय पालिका र सरोकारवाला लाई ध्यानाकर्षण गराउने र पहल प्रयत्न गर्ने साथै कुश्मा सामुदायिक बन भित्र जैविक पिकनिक स्थल निर्माण का लागी पहल गर्ने।

प्रतिक्रिया दिनुहोस