कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते गर्न लागेको देशव्यापी प्रदर्शनमा नेपाल तरुण दलले सम्पुर्ण शक्ती लगाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले मंसिर २९ गते हुन गइरहेको देशव्यापी विरोध प्रदर्शनलाई सफल बनाउन मातहतलाई निर्देशन दिएको छ ।

अध्यक्ष जीतजंग बस्नेतले मंगलबार परिपत्र गरेर मातहतलाई माउ पार्टी कांग्रेसले सरकारविरुद्ध मंसिर २९ गते गर्न लागेको देशव्यापी प्रदर्शनलाई सफल बनाउन निर्देशन दिएका हुन् ।

उनले ७७ वटै जिल्लामा गर्ने विरोध प्रदर्शनलाई भव्य रुपमा सफल पार्न तरुण दलका जिल्ला समितिहरुलाई कांग्रेस जिल्ला कार्यसमितिसँग समन्वय गरि आफू र आफू मातहतका सम्पूर्ण समितिहरुलाई क्रियाशील र परिचालन गरि व्यापक सहभागिता गराउन भनेका छन् ।

मंसिर १९ गते सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले मंसिर २९ गते सरकारविरुद्ध ७७ वटै जिल्लाहरुमा विरोध प्रदर्शनको निर्णय गरेको छ ।

तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक(पटक सरकारबाट गरिएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड(१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता र अकर्मण्यता तथा स्वास्थ सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथितिविरुद्ध विरोध प्रदर्शन गरिन लागेको कांग्रेसको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस