प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वदलीय बैठकको बिचबाटै बाहिरे

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वदलीय बैठकको बिचबाटै निस्किन्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बैठक जारी छ ।

बैठकको एक घन्टा नपुग्दै कांग्रेसका सभापति देउवा निस्किएका हुन् । उनी बैठकलाई सम्बोधन गरी काम भएको भन्दै बाहिरिएका हुन् ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत बैठकमै छन् ।

प्रतिक्रिया दिनुहोस