रमुख प्रतिपक्षी दल कांग्रेसले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई व्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ।
बिहीबार भएको पूर्वपदाधिकारीसहितको बैठकले विप्लव समूहलाई शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको हो ।
बैठकको निर्णण सार्वजनिक गर्दै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमार्फत् भनेका छन्, मोरङमा बर्बर ढंगले शिक्षक हत्याको विरोध, कडा कारवाही माग । व्यक्ति हत्याको बाटो छोडेर शान्तिपूर्ण मार्गमा आउन आग्रह गरेको छ ।