कोरोनाबाट शाखा अधिकृत दानबहादुर विष्टको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट शाखा अधिकृत दानबहादुर विष्टको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका शाखा अधिकृत विष्टको आइतबार बिहान २ बजे भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि विष्टले कोरोना जाँच गरेका थिए । त्यसको रिपोर्ट पोजिटिभ आयो  ।

होम आइसोलेशनमा बस्दा समस्या भएपछि शुक्रबार भेरी अस्पताल, नेपालगञ्जमा भर्ना भएका थिए । अस्पतालमै उपचारको क्रममा आइतबार बिहान २ बजे विष्टको मृत्यु भयो ।

 

प्रतिक्रिया दिनुहोस