पार्टी संस्थागत तवरले चल्न नसक्दा समस्या आएको नेकपा नेता जर्नादन शर्मा

कोहलपुर (बाँके)/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थाई कमिटी सदस्य जर्नादन शर्माले पार्टीले    पार्टी संस्थागत तवरले चल्न नसक्दा समस्या आएको बताउँदै पार्टी भित्रको बिवाद पद र प्रतिष्ठाको नभएर बिचारको भएको  बताए ।

आईतवार कोहलपुरमा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै नेता शर्माले सो कुरा बताएका हुन । उनले विवाद स्थाई कमिटीले हल गर्ने र त्यसले नसके केन्द्रीय समिती बैठक बाट निकास खोजिने बताए ।

उनले समाजवाद निर्माणका लागी पार्टी एकता भएको बताउँदै नेता शर्माले मजबुद नेकपाले मात्रै समाजवादको लक्ष्य पुरा गर्न सक्ने बताए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एव संंघिय सासद महेश्वर गहतराज अथक,जिल्ला सचिव असोक कोईरला, दल बहादुर सुनार, असोक रोकाय,नेकपा प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने, प्रेम भुषाल, पुजन बिश्वकर्मा लगायत जिल्ला र नगर तहका कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस