नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगे

नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलामका ७, उदयपुरमा १, ओखलढुङगाका २, खोटाङका १, झापामा २६, ताप्लेजुङका १, तेह्रथुममा २, धनकुटामा १, पाँचथरमा २, मोरङमा ५, सुनसरी ३३, सोलुखुम्बुमा ३, धनुषामा १, पर्सा २, बारा ४, महोत्तरीमा ३, रौतहटमा १, सप्तरीमा १ जना संक्रमित थपिएका छन्।

यस्तै सिराहामा ३, काठमाडौँमा २४६, काभ्रेमा १०, चितवनमा २७, धादिङमा ५, नुवाकोटमा १, भक्तपुरमा ३४, मकवानपुरमा ९, रसुवामा १, ललितपुरमा ५३ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सिन्धुलीमा ६, कास्कीमा ७३, गोरखामा ३, तनहुँमा ५, नवलपरासीप्ुर्वमा ८, पर्वतमा १, लमजुङमा १, स्याङ्जामा ४, अर्घाखाँचीमा ८, कपिलवस्तुमा १२, गुल्मीमा १, दाङमा १५, नवलपरासीमा १, पाल्पामा ७, प्युठानमा ३, बर्दियामा ९, बाँकेमा १० जना संक्रमित थपिएका छन्।

यस्तै रुपन्देहीमा ३५, रोल्पामा २, जुम्लामा १, दैलेखमा १, सुर्खेतमा ३, अछाममा १३, कञ्चनपुरमा ८, कैलालीमा ४६, डडेल्धुरामा २, बझाङमा ५ र बाजुरामा १ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस