प्रधानमन्त्रीको कदम असंवैधानिक  अधिनायक आकांक्षाबाट प्रेरित हो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अधिनायकवादी भएको बताएका छन् ।

केन्द्रीय समितिको बैठकमा विषय प्रवेश गराउँदै उनले भनेका छन्, “प्रधानमन्त्रीको कदम असंवैधानिक हो, अधिनायक आकांक्षाबाट प्रेरित छ, सर्वसत्तावाद उन्मुदख छ । सम्यमतापूर्वक अघि बढ्नुपर्छ । कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गरेर अघि बढ्नुपर्छ ।”

उनले जारी केन्द्रीय समितिको बैठकमा सबै सदस्यको कुरा सुनेर निर्णय लिइने पनि बताएका थिए । बैठकमा आफ्ना धारणा राख्दै नेता रामचन्द्र पौडेलले अहिले देखिएका परिदृष्य फरकस्वरुपमा आएको हुन सक्ने आकलन गर्दै अहिले कांग्रेस बरालिननहुने बताए । उनले अहिले कांग्रेसमा कोही पनि सत्ताको लोभमा पर्न नहुने बताए ।

प्रतिक्रिया दिनुहोस