दाहाल-नेपाल पक्षले नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन

काठमाडौं : नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय समिति बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समिति गठन गरेको छ । बिहीबार बसेको बैठकले श्रेष्ठको नेतृत्वमा प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन २५०१ सदस्यीय समिति बनाउने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठक चलिरहेको छ । केन्द्रीय कमिटीको बैठकमा महासचिव चयन सम्बन्धी कार्यसूची भने नरहेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूक्ति गर्ने जिम्मा बैठकले स्थायी कमिटीलाई दिएको उनले बताए ।

 

 

यसअघि बसेकाे स्थायी समिति बैठकले सर्वोच्च अदालत र निर्वाचन आयोगमा आफ्नो उपस्थिति देखाउने निर्णय गरेको थियाे । बैठकले शुक्रबार बिहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोगमा गएर आफ्नो उपस्थिति देखाउने निर्णय गरेको हो । दाहाल-नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरु सर्वोच्च र निर्वाचन आयोग जाने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस