खाता रोक्का गर्न बैंकहरुलाई नेकपा अध्यक्षद्वय दाहाल र नेपालको पत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बैंक खाता रोक्का राख्न आग्रह गर्दै पत्राचार गरेको छ ।

नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेकपाको खाता रहेका बैंकहरुमा अर्को निर्णय नभएसम्मका लागि खाता रोक्का राखिदिन आग्रह गर्दै पत्राचार गरेको एक बैंकका सीईओले जानकारी दिए ।

उनका अनुसार नेकपा कार्यालयबाट पठाइएको इमेलमार्फत यस्तो आग्रह गरिएका छ ।

नेकपा (ओली समूह)ले एकलौटीरुपमा बैंकको खातामा रहेको रकम निकाल्न सक्ने भन्दै नेकपाका अध्यक्षद्वय दाहाल र नेपालले यस्तो आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस