कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगे कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

 नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ११ जना कोरोना संक्रमित थपिएका छन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार खोटाङका २, झापामा ६, ताप्लेजुङका १, मोरङमा ८, सुनसरीमा ७, धनुषामा १, पर्सामा १, काठमाडौँमा २२५, काभ्रेमा ६, चितवनमा १६, दोलखामा ९, धादिङमा ४, नुवाकोटमा १, भक्तपुरमा ३८, रामेछापमा ४ र ललितपुरमा ४९ जना संक्रमित थपिएका छन्। यस्तै सिन्धुपाल्चोकमा १, सिन्धुलीमा २, कास्कीमा ५०, गोरखामा १, तनहुँमा ६, नवलपरासीपूर्वमा २, म्याग्दीमा १, वागलुङमा ३, स्याङजामा २, अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, गुल्मीमा ७, दाङमा ७, नवलपरासीमा ३, पाल्पामा १०, बर्दियामा ४, बाँकेमा ५, रुकुमपूर्वमा १, रुपन्देहीमा १९, डडेल्धुरामा २, डोटीमा १ र र बझाङमा १ जनामा कोरोना पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस