प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर चुनावको घोषणा गरेर असंवैधानिक र अलोकतान्त्रिक काम भएको बताउँदै त्यसकै विरुद्ध देशव्यापी प्रदर्शन गरिएको बताए। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सन्चार तथा प्रचार विभागले बिहीबार आयोजना गरेको भर्चुअल कार्यक्रममा  बताएका हुन्।

देउवाले  प्रधानमन्त्री ओलीको सिफारिसमा गरिएको संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं। यसका विरुद्ध देशव्यापी प्रदर्शन गरेका छौं उनले भने,’जनाधिकारको रक्षा नै मेलमिलाप नीतिको आजको सान्दर्भिकता हो’

प्रधानमन्त्री ओलीले यही पुस ५ गते प्रतिनिधिसभा भंग गरेका थिए। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन छ। मुद्दा अदालतमा विचाराधिन रहेकाले यसलाई प्रभावित पार्ने गरी कांग्रेसले तुरुन्तै आन्दोलन नगर्ने देउवाको भनाइ छ।

 

 

प्रतिक्रिया दिनुहोस