के तपाईलाई थाहा छ मस्तिष्कले कसरी सम्झिन्छ समय र स्थान ?

मस्तिष्कले समय र स्थानबारे कसरी सम्झिन सक्छ भन्ने विषयमा अमेरिकाको टेक्सासस्थित युटी साउथवेस्टर्न मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरूले हालै दुईवटा अध्ययन सम्पन्न गरेका छन् । यो अध्ययनसँगै अनुसन्धानकर्ताहरूले ट्रम्याटिक ब्रेन इन्जुरी र अल्जाइमरका बिरामीमा स्मरण क्षमतासम्बन्धी उपचारबारे पनि आधार दिएका छन् ।

दशकौँ अगाडि गरिएको एक अध्ययनअनुसार दिमागमा हुने टाइम सेलहरू (जुन सर्वप्रथम मुसामा पत्ता लगाइएको थियो) ले घटनाको समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन् । यिनै कोषहरूले घटनाको विवरण मस्तिष्कमा रेकर्ड गर्छन् । पिएनएस र युटी साउथवेस्टर्नका वैज्ञानिकहरूले गरेको पछिल्लो अध्ययनअनुसार दिमागको हिप्पोक्याम्पसमा रहने यी सेलहरूले मानिसले कुनै पनि घटना सम्झिने क्रममा पुनः स्मरण गराइदिन्छन् । योसँगै घटना भइरहेको समयमा दिमागलाई व्यवस्थित गर्नसमेत सहयोग गरिरहेका हुन्छन् । घटनाको समयमा सेलहरूले पाँच हर्ज ब्रेनवेभले नियन्त्रण गरिरहेको हुन्छ । जसलाई वैज्ञानिकहरूले थेटा आसिलेसन र यो प्रक्रियालाई प्रिसेसन भन्ने गर्छन् ।

मानव मस्तिष्कमा समयसम्बन्धी कोशिकाहरू पनि हुन्छन् । जसले समयसँग सम्बन्धित जानकारी मात्रै रेकर्डमा राख्छन् । इपिलिप्सीका बिरामीहरूमा शल्यक्रियाअघि धेरै दिनसम्म बस्नुपर्ने हुन्छ । जुन समयमा दिमागको क्षतिपूर्ण भाग हटाइने गरिन्छ । शल्यक्रियाको क्रममा चिकित्सकहरूले बिरामीको मस्तिष्कमा इलेक्ट्रोरोइड राख्ने गर्छन् । जसले मस्तिष्कको भित्री कार्यबारे जानकारी प्रदान गर्छ । अध्ययनको क्रममा अनुसन्धानकर्ताहरूले २७ जना स्वयंसेवकलाई ३० सेकेन्डमा सामान्य १२ वटा शब्द पढ्न लगाएर दिमागमा हिप्पोक्याम्पसबाट विद्युतीय गतिविधि रेकर्ड गरेका थिए । पुनः ध्यान भंग गराएर ३० सेकेन्डमा शब्दहरू सम्झिन लगाएका थिए । यो अध्ययनमा प्रत्येक शब्द सम्झिने समय नोट गरिएको थियो । यो अध्ययनबाट मस्तिष्कमा कोशिकाको संख्या र समय कोशिकाको सहयोगबाट शब्द एक–अर्कासँग जोडेर कसरी सम्झिने भन्ने प्रक्रियाबारे पनि नयाँ तथ्य पत्ता लगाएका थिए । यो अध्ययनपछि वैज्ञानिकहरूले टाइम सेललाई गुँदको संज्ञा दिएका छन् । जसले जीवनमा घटेका हरेक घटनाहरूलाई समेटेर राख्ने गर्छ ।

योसँगै ठाउँसम्बन्धी जानकारी राख्ने कोशिकाहरूबारे गरिएको अध्ययनले दिमागमा हुने हिप्पोक्याम्पसमा भएका कोशिकाहरूले घटनाको रेकर्ड गर्ने पत्ता लागेको छ । जनावर र मानव दुवैको मस्तिष्कमा हुने यी कोशिकाहरूले घटनाको क्रममा सम्बिन्धत ठाउँहरू ‘इनकोड’ गर्छन् । यी कोशिकाहरूले एक सेकेन्डमा १० देखि १२ वटा जानकारी मस्तिष्कमा रेकर्ड गरिसकेका हुन्छन् । जुन आवश्यक समयमा पुनः स्मरण हुन्छ । यी कोषहरू सक्रिय अवस्थामा रहन्छन्, घटना भएको एक सेकेन्डभित्रै सबै जानकारी रेकर्ड भइसकेका हुन्छन् ।

अध्ययनकर्ताहरू दिमागमा भएका यी न्युरोन्सहरूले जानकारी कसरी रिर्भस गर्छन् भन्ने विषयमा थप अनुसन्धान गरिरहेका छन् । यो प्रणालीबारे पूर्ण रूपमा जानकारी लिन सकेमा मस्तिष्कले पुनः स्मरण गर्नुपर्ने घटनाहरूबारे मद्दत पुराउन सक्छन् । जसले दिमागमा क्षति वा अल्जाइमरको उपचारका लागि आधार निर्माण गर्नेसमेत अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस