संसद विघटन विरुद्ध बयलगाडा  आन्दोलन 

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन विरुद्ध बयलगाडा प्रदर्शन आन्दोलन   गरेकाे छ । अनेरास्ववियूको केन्द्रिय सर्कुलर अनुसार शुक्रबार नेकपा (प्रचण्ड-माधव समूह) ले नेपालगञ्जमा बयलगाडा सहित विरोध प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री ओलीलाई विरोध पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय बाँके जाने क्रममा नेता तथा कार्यकर्ताहरुले बयलगाडासहित बिरोध प्रदर्शन गरेका हुन ।

नेपालगन्जको विपी चोकबाट सुरु भएको बयलगाडासहितको प्रदर्शन जिल्ला प्रशासन कार्यालय परिसरमा पुगेर टुङ्गीएको थियो । प्रदर्शनमा प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमका बिरुद्ध चर्को नाराबाजी समेत गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस