शुक्रबार  कोरोना संक्रमित कुन जिल्लामा कति?

नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार १५९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलाममा ५, उदयपुरमा ११, खोटाङमा २, झापामा १०, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा ३, भोजपुरमा १, मोरङमा ५३, संखुवासभामा २, सुनसरीमा ३५, पर्सामा ३, बारामा ४, सप्तरीमा ३, सर्लाहीमा २, काठमाडौँमा १, चितवनमा १५, दोलखामा १, धादिङमा ३, भक्तपुरमा १३, मकवानपुरमा ३, ललितपुरमा २३ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा ३०, तनहुँमा १३, लमजुङमा ६, बागलुङमा ९, स्याङजामा ४, अर्घाखाँचीमा ३, दाङमा १०, नवलपरासीमा ३, पाल्पामा ३, प्यूठानमा ४, बर्दियामा ७, बाँकेमा ९, रुपन्देहीमा २८, रोल्पामा १, जाजरकोटमा १, जुम्लामा १, डोल्पामा ७, सुर्खेतमा १, कञ्चनपुरमा १९, कैलालीमा १५, बझाङमा ११ र बाजुरामा १ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस