no-image

बाँकेको कोहलपुरमा रहेको क्रिसाले अन्तरविद्यालय चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न सम्पन्न गरेको छ । क्रिसाले आफ्नो १३ औं वार्षिक उत्सवको पूर्वसन्ध्यामा चित्रकला तथा वक्तृृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
क्रिसाद्धारा आयोजित चित्रकला प्रतियोगिताको छात्रा तर्फ तक्षशिला एकेडेमीकी मृगाक्षी राउत प्रथम, रामजानकी माविकी अनिभा सेजुवाल द्धितीय र कोहलपुर बागेश्वरी ई.मि. स्कुलकी बिपना देवकोटा तृतीय भएकी छिन् भने छात्र तर्फ शम्शेरगञ्ज ई.मि. स्कुलका निराजन चौधरी प्रथम, जनज्योति पब्लिक स्कुलका निशान विष्ट द्धितीय र कोहलपुर बागेश्वरी ई.मि. स्कुलका अभिषेक रिजाल तृतीय भएका छन् ।
साथै वक्तृत्वकला प्रतियोगिताको छात्रा तर्फ साईनिंग स्टार माविकी वर्षा पाण्डे प्रथम, तक्षशिला एकेडेमीकी प्रियांका अधिकारी द्धितीय र जनज्योति पब्लिक स्कुलकी लुमा देवकोटा तृतीय भएकी छिन् भने छात्र तर्फ नमुना विद्यासदन माविका सचिन घर्तिमगर प्रथम, दिपज्योती विद्या निकेतनका मौसम जंग शाही द्धितीय जनज्योती पब्लिक विद्यालयका विवेक शाही तृतीय भएका छन् ।
कार्यक्रममा क्रिसाका अध्यक्ष शिवप्रसाद डाँगीले कोरोना भाईरसले शिक्षा क्षेत्रमा नकरात्मक असर पारिरहेको जानकारी दिँदै विद्यार्थीहरुको मनोविज्ञानलाई विस्तारै शिक्षण सिकाई क्रियाकलापमा लिनुपर्ने बताएका छन् । साथै उनले कोरोनाका कारण धेरै विद्यालयहरु समस्यामा रहँदा रहँदै पनि स्वास्थ्य मापदण्डको पालना गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गरि १३ औं क्रिसा दिवस मनाउने योजना रहेको बताएका छन् ।
क्रिसाले आफ्नो वार्षिक उत्सवको अवसरका विद्यार्थीहरुका अन्तरनिहित प्रतिभाहरु प्रस्फुटनका लागि विभिन्न कार्यक्रमहरु गर्दै आई रहेको र त्यसैको निरन्तरताका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको क्रिसाका सचिव नवकिरण शाहले बताए । कार्यक्रममा कोहलपुर नगर शिक्षाका विद्यालय निरीक्षक मानबहादुर मिजार, प्याव्सन कोहलपुरका अध्यक्ष यम रावत, लगायत विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस