निर्मल आर्चाय काेहलपुर पुस २६ नेकपाका केन्द्रिय सदस्य तथा साँसद महेश्वर गहतराज अथकले सर्बोच्च अदालतले संविधानमै टेकेर जनताको पक्षमा फैसला गर्ने विश्वास बतााए छन । नेकपालेे आईतबार बाँकेकाेे काेहलपुरमा आयाेजित सडकमैै संबिधान बाचन कार्यक्रम बताएकाे हुन । अथकले संसद अझैं जिवित रहेको बताउदै अदालतले जनताको पक्षमा फैसला नगरे जनताले सडकबाटै जनबिरोधि तत्वहरुलाई तह लगाउने बताउँदै अथकले न्यायको पक्षमा एकजुट हुन सबैलाई आह्वान समेत गरेका छन ।
नेकपा कोहलपुर नगर कमिटिले तय गरेको आन्दोलनका कार्यक्रम अन्र्तगत आईतबार सडकमै संविधान बाचन तथा ब्याख्या गरीएको हो । कार्यक्रममा नेकपा लुम्बिनी कमिटि सदस्य नरेन्द्र न्यौपाने, नेकपा नेता अब्दुल हुसेन खाँ लगाएतले संविधानको ब्याख्या गरेका थिए ।