बिभिन्न मुद्दाका फरार अभियुक्तहरुलाई बाँके प्रहरीले सार्वजनिक

नेपालगन्ज, २८ पौष – नेपालगन्ज उपमहानगरपालिकाको चर्चित कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गर्न सफल भएको छ ।
वि.सं. २०७२ साल असार २८ गते नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ हाल नेपालगंज–१२ सुर्खेत रोड रहेका ऐ. नेपालगन्ज –८ का २८ वर्षीय चेतन मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो । मानन्धर हत्यामा संलग्न दुई जना हरि वली र विवाद पाठक पक्राउ परेका छन् ।उक्त घटनामा संलग्न नेपालगन्ज–१८, कारकाँदोका ३० वर्षीय वली र ३१ वर्षीय पाठकलाई बाँके प्रहरी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले आज मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । वलीलाई उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासले आजीवन कैद सजाय तोकेका थियो । त्यसलगत्तै उनी फरार रहँदै आएका थिए ।यस्तै लाठी प्रहार गरी भाइको हत्या आरोपमा संलग्नल इसराइल खाँ पनि पक्राउ परेका छन् । नरैनापुर गाउँपालिका ४ का ३० वर्षीय खाँ ले १७ वर्षीय भाइ रहिसको हत्या गरेका थिए । आपसी रिसिवीमा उनले सामुदायिक वनमा भाइको हत्या गरेको प्रहरीले जनाएको छ ।
यस्तै ४ ग्राम ९ सय ६० मिलिग्राम ब्राउन सुगरसहित विराट भनिने पदम मल्ल पक्राउ परेका छन् । बाँकेका एसपी ओम रानाका अनुसार, राँझा विमानस्थलबाट मुगु छायाँनाथ नगरपालिका २ का २४ वर्षीय मल्ललाई ४ ग्राम ९ सय ६० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो

प्रतिक्रिया दिनुहोस