शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट  एकजना अवैध वन्यजन्तु तस्कर पक्राउ

अवैध वन्यजन्तु तस्करीमा संलग्न रहेको आरोपमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ का ५३ वर्षीय लक्ष्मीचन्द्र शाही रहेका छन् । उनलाई निकुञ्ज क्षेत्रअन्तर्गत्को त्रिपुरासुन्दरी–११ स्थित थर्मु निगालीगौराबाट पक्राउ गरिएको हो ।

नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको टोलीले सोमबार उनलाई पक्रेको थियो । उनको साथबाट भरुवा बन्दुक एकथान, त्यसका लाग्ने गोरी १९ जान, छर्रा एकथानलगायत बरामद गरिएको छ ।

पक्राउ परेका शाहीलाई आवश्यक कारबाहीको लागि निकुञ्ज कार्यालयमा बुझाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस