बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगे

नेपालगञ्ज – नेपालगञ्जको भेरी अस्पतालमा कोरोनाबाट ८० वर्षीया महिलाको मृत्यु भएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, पुस २६ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी महिलामा कोरोना पुष्टि भएपछि भेरी अस्पताल, नेपालगञ्जमा रिफर गरिएको थियो।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीकी महिलाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ।

प्रतिक्रिया दिनुहोस