नेपाली कांग्रेसले शनिबार गर्ने विरोध प्रशर्दनलाई सबैलेसाथ दिन कांग्रेस सभापति शेर बहादुर   देउवा कोआह्वान

प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेसले भोलि देशव्यापी प्रदर्शन गर्दैछ। पूर्व निर्धारित कार्यक्रमअनुसार कांग्रेसले भोलि देशभरका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको हो।

कांग्रेस सभापति शेर बहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै भोलि हुन लागेको विरोध प्रशर्दनलाई सबैले साथ दिन आह्वान गरेका छन्।

पुस ५ गते भएको प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरेको कांग्रेसले त्यसको विरोधमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ। यसअघि कांग्रेसले पुस १३ गते देशभरका १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। पूर्व निर्धारित कार्यक्रमअनुसार कांग्रेसले माघ ८ गते देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गर्ने भएको छ।

पछिल्लो पटक पुस १९ गते बसेको बैठकले प्रतिनिधि सभा विघटन विरूद्ध प्रदर्शनका कार्यक्रमहरु तय गरेको थियो।

कांग्रेस सभापति शेर बहादुर देउवाले जारी गरेको विज्ञप्तिः

प्रतिक्रिया दिनुहोस