नेपाली काँग्रेसका नेता तथा कार्यक्रताहरूले संबिधानलाई शिरमा राखि जनताका घर घरमा जाने नेपाली काँग्रेस नेता डा मिलेन्द्र रिजाल

नेपाली काँग्रेस केन्द्रीय सदस्य एव पुर्व मन्त्री डा रिजालले नेपाली काँग्रेसका नेता तथा कार्यक्रताहरूले संबिधानलाई शिरमा राखि जनताका घर घरमा जाने बताउदै संविधान जोगाउनका लागि जनता सडकमा आउनु पर्ने बताएका छन्।

नेपाली कांग्रेसले नेपालगञ्जमा शनिबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै रिजालले अहिले कसलाई सत्ताबाट हटाउनेभन्दा पनि संविधानको रक्षा गर्नका लागि जनता सडकमा आउनु पर्ने बताए।

उनले अहिलेको आन्दोलन केपी शर्मा ओलीलाई सत्ताबाट फाल्न नभइ संविधानको रक्षाका लागि भएको बताए। ‘हाम्रो आन्दोलन संविधानको रक्षा गर्न र विधिलाई जोगाउनका लागि हो’, नेता रिजालले थपे, ‘ओलीलाई सत्ताबाट फाल्न मात्रै होइन।’

उनले संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। नेकपाको प्रचण्ड–माधव पक्षले थालेको सडक आन्दोलन ओलीलाई हटाउनमात्रै भएको उल्लेख गर्दै रिजालले आफ्नो आन्दोलन त्यतिमा सीमित नभइ संविधान रक्षार्थ भएको दोहोर्‍याए।

बिरोध सभामा नेपाली काँग्रेस बाँके सभापति किरण कोईराला लुम्बिनी प्रदेश सभा सदस्य द्वय मो। याकुव अन्सारी, सुरेन्द्र हमाल, नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा नेपाली काँग्रेस बाँके क्षेत्र न २ का अध्यक्ष रमेश गुप्ता प्रदेश ख का सचिव शिवकुमार बर्मा, शुशिल
कोइरालाले लडेर ल्याएको संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। बिरोध सभा नेपाली काँग्रेस नगर सभापति प्रशान्त बिष्ट को सभापतिमा सभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस