बाँकेकाे जानकी गाउपालिका अति बिपना महिलाहरूकाे घर घरमा पुगि निःशुल्क सेनेटरी प्याड  वितरण ( फाेटाे फिचर सहित)

नेपालगन्ज माघ ३ ।   जानकी गाउँपालिका वडा नं. ३ कर्मोहना गाउँका अति बिपना महिलाहरु घर घरमा पुगि निःशुल्क सेनेटरी प्याड  वितरण गरिएको छ । महिला जनचेतनामूलक अभियान अन्तरगत् बी योर सेल्फ नामक संस्थाले शनिबार प्याड वितरण गरेको हो । कार्यक्रममा उक्त गाउँका अतिबिपन्न २ सय जना महिलाहरूलाई प्याड वितरण गरिएको संस्थाका अध्यक्ष गौरव शाहले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाकी उपाध्यक्ष अनुपा चौधरी, कोषाध्यक्ष प्रेक्षा केसी, पूर्व मिस नेपालगंज सुमन थापा,  लगायतले सामग्री हस्तान्तरण गरेका थिए। वितरण कार्यक्रममा महिनावारीका वारेमा जनचेतनामूलक नृत्य, नाटक प्रदर्शनका साथै स्वास्थ्य सम्बन्धि जानकारी समेत प्रदान गरिएको थियो । नेपालगन्जका युवाहरुद्वारा स्वत:स्फुर्त रुपमा गठित संस्थाले यसअघि पनि आर्थिक संकलन गरी विपन्न तथा असहायहरुलाई खाना खुवाउने लगायतका सामाजिक क्रियाकलापहरु गर्दै आएको सचिव करण शाहले जानकारी दिनुभयो । कार्यक्रममा ए एण्ड बि ट्रेड सप्लायर्स, विनायक मेडिकल, शुभम् जनरल स्टोर लगायतले बिभिन्न सामग्री सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस