संसद् विघटन प्रधानमन्त्री केपी ओलीको विक्षिप्त मानसिकताको उपज नेपाली कांग्रेसका नेता एवम्  प्रदेशसभाका सदस्य सुरेन्द्र हमाल

नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशसभाका सदस्य सुरेन्द्र हमालले   संविधानमै नभएको व्यवस्थालाई टेकेर हुकुमी शैलीमा प्रधानमन्त्री ओलीले संसद् विघटन गरेकाले संविधान रक्षार्थ कांग्रेस सडकमा आएको बताउनुभएको छ ।

नेपाली कांग्रेस १२ नम्बर वडा नेपालगञ्जले आज गरेको विरोधसभामा बोल्दै हमाललेसंसद् विघटन प्रधानमन्त्री केपी ओलीको विक्षिप्त मानसिकताको उपज भएको बताउनुभएको छ ।  बताउनुभयो । उहाँले अधिनायकबादी शैलीबाट अघि बढेका प्रधानमन्त्री ओलीले मुलुकलाई भड्खालोमा हालेको टिप्पणी गर्नुभयो । कांग्रेस नेता अजितकुमार शर्माले कम्युनिष्टहरुलाई शासन गर्न आउँदैन भन्ने प्रमाणित भएको बताउनुभयो । शर्माले लामो संघर्षबाट प्राप्त संविधानलाई कुल्चने दुष्साहस गर्ने प्रधानमन्त्री ओलीको राष्ट्रपति मतियार बनेको बताउनुभयो ।

पूर्व क्षेत्रीय सभापति सुरेन्द्रनाथ सापकोटाले केपी ओलीले जात्रा देखाएको टिप्पणी गर्नुभयो । विरोधसभामा कांग्रेस महासमिति सदस्य डा.सुरेश कुमार कनौडियाले संविधान जोगाउने दायित्व कांग्रेसको काँधमा आएको बताउनुभयो । वडा नम्बर १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले प्रधानमन्त्री ओलीले संविधानको हत्या गरेको बताउँदै राजनीतिक संस्कार नभएकाहरु मुलुकको बागडोर सम्हाल्न पुग्दा आजको अवस्था आएको जिकिर गर्नुभयो । वडा नम्बर २ का अध्यक्ष सुनिलसिंह हमालले पुष ५ गते नेपाली राजनीतिको कालो दिन भएको बताउनुभयो ।

वडा नम्बर १२ का युवा नेता तरुण बज्राचार्यले विधि र विधान कुल्चने प्रधानमन्त्री ओली नाङ्गै हिंडिरहेको टिप्पणी गर्नुभयो । वडा सभापति रामु चिडिमारको सभापतित्वमा भएको विरोधसभाको सञ्चालन सचिव हरिबाबु घिमिरेले गर्नुभएको थियो । कांग्रेसको केन्द्रिय सर्कुलर अनुसार आज बाँकेका ८१ वटा वडासहित देशभरका वडामा संसद् विघटन विरुद्ध कांग्रेसले विरोधसभा गरेको छ ।

प्रतिक्रिया दिनुहोस