नेपालगन्ज माघ १० । बियोर सेल्फ ग्रुफ नेपालगन्जले शनिबार नव दृष्टि महिला पुर्नस्थापना केन्द्र नेपालगन्जमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । नव दृष्टि महिला पुर्नस्थापना केन्द्रमा रहेका रहेका बालबालिका,महिलाहरूलाई सेनेटरी प्याड बितरण र स्वास्थ्य चेकजाँच गरिए कुरा बियोर फोर सेल्फका अध्यक्ष गौरब शाह बताए ।
सेल्फ ग्रुफका सचिव करण शाह कोषाध्यक्ष प्रेक्षा के सी, सेल्फ मेनेजर शोहेल शाह लगायत सदस्य हरूले पुर्नस्थापना केन्द्रमा रहेका महिला तथा बालबालिकाहरूलाई मेडिटेशन र लागु ओैषध प्रयोग गर्दा स्वास्थ्य र समाजमा पर्ने असर बारे जानकारी गराएको कुरा बियोर फोर सेल्फ ग्रुुफकाअध्यक्ष गौरब शाह बताए ।