बाँकेकाे डुडुवा  गाउँपालिकाले जेष्ठ नागरिक, असाहय, गरिब, अपांगता भएका व्यक्तीलाई व्हील चियर वितरण

डुडुवा (बाँके), १२ माघ । डुडुवा गाउँपालिकाका जेष्ठ नागरिक, असाहय, गरिब, अपांगता भएका व्यक्ती र दिर्घरोगले ग्रसित भई हिडडुल गर्न नसक्ने नागरिकलाई व्हील चियर वितरण गरिएको छ । गाउँपालिकाले जेष्ठ नागरिक तथा सामान्य हिड्डुल गर्न नसक्ने नागरिकलाई घरभित्र तथा बाहिर आवतजावतमा सहजताका लागि व्हील चियर वितरण गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
डुडुवा गाउँपालिका वार्ड नंं ३ निवासी जागरानी जायसवाललाई आइतबार व्हील चियर प्रदान गरिएको छ । व्हील चियर प्राप्त गरेपछि हिडडुल गर्न निकै सहज भएको जागरानीका छोरा उदयराज जायसवालले बताउनुभयो । उहाका अनुसार घरमा आमालाई यताउता हिडडुल गराउन धेरै समस्या भएको बेला गाउँपालिकाले व्हील चियर उपलब्ध गराएपछि असहाय नागरिकलाई राहत मिलेको छ ।
गाउँपालिकाले अहिलेसम्म करिब ३५ जना जेष्ठ नागरिक तथा असहाय अपांगलाई व्हील चियर उपलब्ध गराएको जनाएको छ । गाउँपालिकाले यस्ता नागरिकहरुलाई निःशुल्क औषधीसहित स्वास्थ्य सेवा उपचारको समेत घरघरमा व्यवस्था गरेको छ । भने गाउँपालिका अध्यक्ष जेष्ठ नागरिक कार्यक्रम लागु गर्ने योजना अघि सारिएको छ ।

 

प्रतिक्रिया दिनुहोस