निर्वाचन आयोगले बोलाएको छलफलमा भाग नलिएरै किन फर्कियो प्रचण्ड–माधव समूह

नेकपाको प्रचण्ड–नेपाल समूहका नेताहरु निर्वाचन आयोगले बोलाएको छलफलमा भाग नलिएरै कार्यालयबाट फर्किएका छन्।

यो समूहले नेकपाको दुवै पक्षसँग गर्न लागिएको छलफललाई केही दिन पर सार्न आयोगलाई आग्रह गरेको छ।

दुवै अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल उपत्यका बाहिर रहेको र आयोगको छलफलमा अध्यक्षद्वयले नै भाग लिन चाहेकोले केही दिन पर सार्न आग्रह गरिएको पत्र बुझाएर नेताहरु फर्किएका छन्।

उक्त पत्र बुझाउन नेताहरु लीलामणि पौडेल, राजेन्द्र पाण्डे र मुक्ति प्रधान निर्वाचन आयोगको कार्यालय पुगेका थिए।

आयोगले मतदाता नामावली र निर्वाचन केन्द्रबारे छलफल गर्न नेकपाको दुवै पक्षलाई बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस