बिद्युतराेड ब्रदर्सकाे अध्यक्षमा आचार्य

कोहलपुर नगरपालिका वडा नं. १० का युवाहरु युवा एकताको शन्देश दिन युवा क्लब गठन गरेर अगाडी बढ्ने निर्णय गरेका छन् । शनिवार विद्युतरोड निवासी युवाहरुले वृहत भेला गरेर सामाजिक गतिविधीमा सक्रियता जनाउँदै बी बी (विद्युतरोड ब्रदर्स) युथ क्लब गठन गरेका हुन् । सर्वसम्मत रुपमा निर्मल आचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमितिति भेलाले चयन गरेको छ । भेलाबाट उपाध्यक्षमा मधुकर जँग शाह, सचिवमा सँगिन शर्मा, कोषाध्यक्षमा दिप शाह, सह–सचिवमा नवल किशोर यादव र सदस्यहरूमा सोभन हमाल, बाबुराम पराजुली, अर्जुन ढकाल, मिलन शाहीलाई चयन भएका छन् । क्लबका अध्यक्ष निर्मल आचार्यका अनुसार क्लबलाई बैधानिकता दिन दर्ता प्रक्रिया समेत अगाडी बढाइएको छ । क्लबले विशेष गरी सामाजिक क्षेत्रमा काम गर्दै वडाका हरेक गतिविधीमा आवश्यक सहयोग एवम् निगरानी राख्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस