नेपाली कांग्रेसकाे स्पष्ट अडान संसद पुनःस्थापना नै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेल

काभ्रे माघ १७ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले जुन जुन बेलामा प्रधानमन्त्रीले संसद विघटन गरे त्याे बेलामा मुलुक संकटमा परेकाे बताउनुभएकाे छ । उहाँले २०५१ र २०५९ सालमा संसद विघटन हुँदा मुलुकमा संकट परेकाे बताउनुभयाे । वरिषठ नेता पाैडेलले नेपाली कांग्रेसकाे स्पष्ट अडान संसद पुनःस्थापना नै भएकाे बताउनुभयाे । काभ्रेको कुन्तावेसीमा आयाेजित कार्यक्रममा पाैडेलले हरेक पटककाे संसद विघटनले मुलुकलाई संकटमा धकेलेकाे तर संसद विघटन गर्ने कदम फिर्ताले मुलुककाे संकटलाई निकास दिएकाे बताउनुभयाे । उहाँले २०५१ सालपछि संसद पुनःस्थापना हुँदा पनि निकास पाएकाे र २०५९ सालमा पनि कांग्रेसले आन्दाेलनबाट पुनःस्थापित संसदले निकास दिएकाे स्मरण गर्नुभयाे ।नेपाली कांग्रेस स्पष्ट रूपमा संसद पुनःस्थापनाकाे एजेन्डामा अगाडि बढेकाे बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस