पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको छैटौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।
संविधान निर्माणको अगुवाई समेत गरेका पूर्व प्रधानमन्त्री कोइरालाको २०७२ साल माघ २६ गते राति महाराजगञ्जस्थित निवासमा निधन भएको थियो ।
नेपाली राजनीतिमा निष्ठानवान् र सादगी नेताको रुपमा चिनिएका कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र आबद्ध संघ संस्थाहरुले विभिन्न कार्यक्रम गर्दैछन्