बाँके प्रहरीद्धारा मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ

बाँके,माघ २८ गते । नेपालगञ्जका विभिन्न स्थानबाट चोरी भएका मोटरसाईकल पहाडी जिल्लामा बिक्रि हुने गरेको पाइएको छ । चोरीका मोटरसाईकल दाङ, प्यूठान, जाजरकोट, रोल्पा लगायतका पहाडी जिल्लामा बिक्रि हुने गरेको अनुसन्धानबाट खुलेकाले खोजतलाशका लागि विभिन्न जिल्लाका प्रहरीसँग समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओम बहादुर रानाले बताए । 

 

नेपालगञ्जबाट चोरी भएका ६ वटा मोटरसाईकल सहित चोरीमा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरिएको  रानाले बताउनुभयो । उनीहरुले ११ वटा मोटरसाईकल चोरेको बयान प्रहरी समक्ष दिएका छन् । प्रहरीले ६ वटा मोटरसाईकल सहित अन्य विभिन्न मोटरसाईकलका पार्टस समेत बरामद गरेको छ ।  पक्राउपर्नेमा बाँकेको खजुरा गाउँपालिका वडा नम्वर ३ धौलागिरीका रामवहादुर थापा, जुम्लाको चन्दननाथ नगरपालिका वडा नम्वर  ११ कालिखोली घर भई हाल नेपालगञ्ज ४ बस्ने धिरेन्द्र विक्रम शाही, दाङ गढवा ४ का ईरसाद अहमद मुसलमान, रोल्पा लुग्री १ का छविलाल पुन मगर, लुग्री ५ का नवराज रोका क्षेत्री तथा  नेपालगञ्ज १० का रञ्जित शर्मा रहेको प्रहरी उपरीक्षक ओम वहादुर रानाले जानकारी दिनुभयो ।
मोटरसाईकल चोरेर जंगलमा लुकाएर राख्ने त्यहाँबाट प्यूठानको चेरनेटा  दरभानमा रहेका वर्कसपमा नम्बर, प्लेट, चेसिस र ईञ्जिन नम्बर परिवर्तन गरि बिक्रि गरेको पाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस