निरंकुुशता लाद्न खोजिए कांग्रेसका नेता कार्यकर्ता टाउकोमा कफ्फन बाँधेर लड्न तयार नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव पुर्वमन्त्री हृदयराम थानी

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव पुर्वमन्त्री   हृदयराम थानीले  कम्युनिष्टको घर झगडाका कारण प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक भएको बताउनुभयो भएको छ । नेपाली कांग्रेस बाँकेले आज नेपालगञ्जमा गरेको विरोधसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य थानीले   संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस सडकमा आएको बताउनुभएको छ ।

 

पूर्व मन्त्री  थानी निरंकुुशता लाद्न खोजिए कांग्रेसका नेता कार्यकर्ता टाउकोमा कफ्फन बाँधेर लड्न तयार रहेको  बताउदै

वर्तमान सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउँदै उहाँले अब कम्युनिष्टहरु जनताबाट नांगिने दाबी गर्नुभयो । पार्टी सभापति किरण कोइरालाको सभापतित्वमा भएको विरोधसभामा पूर्व पार्टी सभापति युवराज शर्मा, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ, सचिव कपिलदेव शर्माले बोल्नुभएको थियो ।

पार्टी कार्यालयबाट निस्केको जुुलुस विपी चोक हुँदै गणेशमान चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोधसभाको सञ्चालन सहसचिव रामकुमार राढले गर्नुभएको थियो । प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसले आज ७७ वटै जिल्लामा विरोध प्रदर्शन र सभा गरेको छ ।

प्रतिक्रिया दिनुहोस