नेपालगन्जमा बलात्कार विरुद्ध विरोध प्रर्दशन

नेपालगन्ज ÷मंगलबार बेलुका नेपालगन्जको बीपी चोकमा बलात्कारका हत्यारालाई कारबाही गर्नुपर्ने बिषयमा खबरदारी गरीएको छ । निष्पक्ष रुपमा बलात्कारका घटनामा सरकारले छानबिन गरी दोसीलाई कडा कारबाही गर्नुपर्ने माग विरोध प्रदर्शन कार्यक्रममा गरीएको छ । २०७५ साल साउन ११ गते कञ्चनपुरका निर्मला पन्तको हत्यारा र गत माघ २१ गते बैतडिकी भागिरथी भट्टका हत्यारा सार्वजनिक गर्नुपर्ने बिषयमा आम नागरिक समाज,अधिकारकर्मी ,पत्रकार ,कानुन व्यावसायी तथा युवाहरुले एक्येवद्धता जनाएका छन । गैर सरकारी संस्था महासंघ बॉकेको आयोजना तथा बासको संयोजनमा गरीएको विरोध प्रदर्शनमा सडक नाटक प्रदर्शन गरीएको थियो । सडक नाटकमा बासमा कार्यरत रविन्द्र बोहोरा,शोभा थापा मगर ,तपेन्द्र मलाती र लोक बहादुर घर्तीले प्रस्तुती दिएका थिए । नाटकमा बलात्कारी समाजमा खुलेआम हिडेतापनि कानुनी दायरामा ल्याउन नसकिएको तितो यथार्थलाई चित्रण गरीएको थियो । विरोध सभालाई गैर सरकारी संस्था महासंघ बॉकेका अध्यक्ष नमस्कार शाह ,उपाध्यक्ष चन्द्र प्रकाद तिमिल्सेना ,सचिव आशिष बर्मा ,सदस्य शंकर प्रसाद न्यौपाने ,नेपालगन्जका हरित अभियान्ता हेमन्तराज काफ्ले ,बासका महासचिव शिव कुमार बर्मा ,अधिकारकर्मी रुबी खान ,महेन्द्र वहुमुखि क्याम्पस नेपालगंजका ईकाई समितिका पुर्व सभापति तथा बासका सल्लाहकार रुद्र प्रसाद तिमिल्सेना,साहित्यकार दिला शाह ,बाल अधिकारकर्मी साहिल अन्सारी लगायतले सम्बोधन गरेका थिए । सभाका बक्ताहरुले बत्कारका हत्यारालाई कारवाही नगरेर सरकार मौन बसेकोमा दःख ब्यक्त गर्दे बत्कारीलाई फासीको सजाय दिनुपर्नेमा जोड दिएका छन । साथै बलात्कार विरुद्धको कानुनको प्रभावकारी दार्यान्वयन गर्नुपर्ने बताउदै राजनीतिक नाउमा अपराधिहरुलाई छुट दिदा बलात्कारका घटनाहरु बढीरहेको टिप्पणी गरेका थिए । विरोध कार्यक्रममा बालबालिकाहरुको सुरक्षा गर,बलात्कारी खबरदार,निष्पक्ष न्याय प्रदान गर लगायतका पर्चा पम्पेट र ब्यानर प्रर्दशन गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस