बाँके प्रहरीले    चितुवाको छालासहित तीन जना पक्राउ

प्रदिप सापकोटा नेपालगञ्ज – दुई वर्षअघि पासोमा पारेर मारिएको चितुवाको छाला बेच्न आउँदा सल्यानका तीन जना पक्राउ परेका छन्।

बाँके प्रहरीले दुई थान चितुवाको छालासहित सल्यानका जीतबहादुर डिसी, हिमेन्द्र वली र कमल डिसीलाई पक्राउ गरेको हो।

जीतबहादुरले दुई वर्षअघि पासोमा पारेर चितुवालाई मारेका थिए। नेपालगञ्जमा छाला बेच्न आउने क्रममा बाँकेको कुसुममा उनीहरु पक्राउ परेका हुन्।

बाँके प्रहरी एसपी ओमबहादुर रानाका अनुसार, उनीहरुले ४० देखि ६० लाख रुपैयाँसम्ममा छाला बेच्ने बताएका थिए।

यस्तै बाँके प्रहरीले सोमबार पत्रकार सम्मेलन गरेर दश लाख रुपैयाँ भारुसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ।

भारतबाट हिँड्दै नेपालगञ्ज आउदै गरेका दिल्ली जफ्फारावादका मुनवर खानलाई प्रहरीले दश लाख भारुसहित पक्राउ गरिएको छ। खान नेपालमा पितलको धुलो खरिद गर्न आएका थिए।

यस्तै प्रहरीले एक लाख पचास हजार एक सय ६५ रुपैयाँसहित नौ जना जुवाडेलाई पक्राउ गरेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस